सम्भावित जोखीमबाट बच्न बीमा जरुरी

Share News
हाल बीमासम्बन्धी चेतना जनमानसमा जति हुनुपर्ने हो, त्यति नभएको अवस्था छ । यदि चेतनास्तरमा सोचेअनुसारको वृद्धि भएको भए बीमाको दायरा फराकिलो हुन्थ्यो होला । यसका लागि बीमा कम्पनी र नियामक निकायले मात्र काम गरेर सम्भव छैन । जनमानसमा बीमासम्बन्धी चेतना अभिवृद्धिका लागि आमसञ्चार माध्यमहरूको भूमिका अग्रस्थानमा आउँछ । बीमा भनेको बीमक र बीमितबीचको आर्थिक दायित्व वहन गर्नेसम्बन्धी सम्झौता हो । नेपालजस्तो भौगोलिक संरचना भएको देशका जनताले सम्भावित जोखीमलाई ध्यानमा राखी बीमा गर्न आवश्यक छ । नेपालजस्तो भौगोलिक बनावटमा समानता नभएको देशमा हिमाली, पहाडी र तराई भेगमा आउने फरकफरक प्राकृतिक जोखीम र भूकम्पीय जोखीमका कारण पनि बीमा अपरिहार्य भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।