नाटकका कलाकारले चलचित्रको ट्रेण्ड परिवर्तन गरेका छन्

Share News
मैले २०६० सालदेखि शुरू भएको मेरो नाटकसँगको यात्रामा १६ ओटा नाटकमा अभिनय र ६ ओटाको निर्देशन गरेँ । यसले अभिनयमा राम्रो अनुभव त भयो । तर, व्यावसायिकता आउन सकेन । त्यसैले, जीविकाकै लागि र अभिनयकै क्षेत्र भएकाले पनि चलचित्रमा प्रवेश गरेको हुँ । नाटक खेल्दाको अनुभवले चलचित्रमा काम गर्न निकै सजिलो भएको छ । नाट्यक्षेत्रबाट आएका हामीजस्ता कलाकारका कारण आज नेपाली चलचित्रको परम्परागत ट्रेण्ड नै परिवर्तन भएको छ, जसले गर्दा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्यामा पनि राम्रो सुधार आएको छ । यो पनि पढ्नुहोस् कलाप्रेमी लगानीकर्ताको पर्खाइमा रङ्गमञ्च नाट्यक्षेत्रका कलाकारलाई प्राथमिकता दिन्छु – निश्चल बस्नेत नेपाली रङ्गमञ्चको विकास नाटकले चलचित्रको अभिनयमा सुधार भयो - केकी अधिकारी फिल्मले कलाकारलाई बचाएको छ - भोलाराज सापकोटा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।