नाट्यक्षेत्रका कलाकारलाई प्राथमिकता दिन्छु

Share News

नाट्यक्षेत्रमा वर्षौंदेखि मेहनत गर्दै आउनुभएका धेरै कलाकार हुनुहुन्छ । उहाँहरूको मेहनत र क्षमताको कदर गर्दै हरेक फिल्ममा प्राथमिकता नाट्यक्षेत्रकै कलाकारलाई दिने गरेको छु । नाट्यक्षेत्रमा लामो समयदेखि मेहनत गर्दा पनि कतिपय कलाकारको आर्थिक पाटोमा सुधार देखिँदैन । उहाँहरूको क्षमता हेरेर मैले दिएको सानो अवसरबाट आर्थिक सुधारको बाटो बन्छ भने त्यसतर्फ ध्यान दिन्छु । मेरो विचारमा नाट्यक्षेत्रमा सबै खालका भूमिका निर्वाह गर्न सक्ने क्षमताका कलाकार हुन्छन् । फिल्म बनाउँदा आजका दर्शकको चाहना र परिवर्तित समयलाई सुहाउँदो कथावस्तुलाई प्राथमिकतामा राखेर यसलाई जीवन्तता दिन सक्ने नाट्यक्षेत्रका कलाकारहरू सहायकदेखि मुख्य पात्रका रूपमा लिँदै आएको छु । यसबाट फिल्मक्षेत्रको विकासमा धेरै टेवा पुगेको मेरो अनुमान छ । हाल नेपालमा फिल्मक्षेत्रमा नाम चलेका कतिपय कलाकार नाट्यक्षेत्रबाटै प्रवेश गरेका हुन् । मलाई लाग्छ, उहाँहरूकै कारण फिल्मसँगै नाट्यक्षेत्र पनि जीवित छ । नाट्यक्षेत्रको दिगोपनका लागि हामी फिल्मकर्मीले पनि ध्यान दिन आवश्यक देख्छु ।

यो पनि पढ्नुहोस् कलाप्रेमी लगानीकर्ताको पर्खाइमा रङ्गमञ्च नेपाली रङ्गमञ्चको विकास नाटकका कलाकारले चलचित्रको ट्रेण्ड परिवर्तन गरेका छन् - दयाहाङ राई नाटकले चलचित्रको अभिनयमा सुधार भयो - केकी अधिकारी फिल्मले कलाकारलाई बचाएको छ - भोलाराज सापकोटा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।