नेपालमा अन्तरराष्ट्रियस्तरका गुणस्तरीय जुत्ता उत्पादन हुन थालेका छन् । हाल कुल खपतको करीब ५० प्रतिशत छाला जुत्ता यहीँ उत्पादन हुन थालेको व्यवसायीहरू बताउँछन् । यी उत्पादनले विदेशबाट आयात हुने जुत्ताको परिमाणलाई पनि कम गर्दै लगेको छ । अन्तरराष्ट्रिय ब्राण्डका जुत्ता विभिन्न मूल्य र गुणस्तरमा उपलब्ध छन् । जुत्ता खरीद गर्दा विभिन्न विषयमा ध्यान दिनुपर्छ ।
- सबैभन्दा पहिले जुत्ता कुन प्रयोजनका लागि हो, स्पष्ट हुनुहोस् । पार्टीमा जाँदा, विभिन्न खेल खेल्दा वा स्कूल कलेज जाँदा लगाउने फरक–फरक खालका जुत्ता बजारमा पाइन्छन् ।
- तपाईंले कति मूल्यसम्मको जुत्ता किन्ने हो, तय गर्नुहोस् ।
- बजारमा तपाईंले किन्न खोजेको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो, थाहा हुनुपर्छ ।
- उक्त कम्पनीको बजारमा कस्तो छवि छ ? त्यसले कुन गुणस्तरको जुत्ता उत्पादन गर्दै आएको छ ? त्यो पनि थाहा पाउनु राम्रो हुन्छ ।
- बजारमा छालाका भन्दै रेग्जिनको जुत्ता पनि बेच्ने गरिएको छ । तपाईंले जुत्ता किन्दा त्यो शुद्ध छालाको हो कि होइन भन्नेमा स्पष्ट हुनुपर्छ ।
- नेपाली बजारमा अहिले विदेशमा उत्पादन भएर आएका जुत्तालाई कतिपय कम्पनीले आफ्नो ब्राण्डको स्टिकर टाँसेर आफ्नै उत्पादन भन्दै विक्री गर्ने गरेका छन् । यस्ता जुत्ता कम गुणस्तरका हुन्छन् । तसर्थ, तपाईंले जुत्ता किन्दा यस विषयमा पनि ध्यान पुर्याउनुपर्छ ।
- तपाईंले किनेका जुत्तामा कति समयको वारेण्टी वा ग्यारेण्टी छ, स्पष्टसँग हेर्नुहोस् ।
- जुत्ता किनेपछि त्यसको भ्याट बिल लिन नबिर्सिनुहोला । सामान किनेपछि बिल लिनुभएन भने तपाईंले तिरेको कर सरकारलाई नगई व्यवसायीले प्रयोग गर्न सक्छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।