गोरखाको उत्पादन विश्वबजारमा पुर्‍याउनु महोत्सवको उद्देश्य हो

Share News

भगतबाबु जोशी
अध्यक्ष, गोरखा उद्योग वाणिज्य सङ्घ


पुस १० गतेदेखि शुरू हुने आठौं गोरखा महोत्सवको करीब ९५ प्रतिशत काम पूरा भएको छ । महोत्सवलाई सफल रूपमा सम्पन्न गर्न विभिन्न कार्यदल बनाएका छौं । ती कार्यदलले आफ्नो जिम्मेवारीका साथ काम गर्नेछन् । गतवर्षको महोत्सवको तुलनामा यस वर्ष व्यवस्थित किसिमबाट सम्पन्न गर्ने हाम्रो योजना छ । त्यहीअनुरूप यहाँका स्थानीय, विभिन्न सङ्घसंस्था, सरकारी निकायबाट पनि सहयोग पाएका छौं । महोत्सवमा गोरखाको पहिचान झल्कने विभिन्न उत्पादन प्रदर्शनीमा राख्ने तयारी छ । विभिन्न जातजातिको परिकार पनि महोत्सवमा रहनेछन् । महोत्सवका लागि १ सय २ ओटा स्टल निर्माण गर्ने योजना छ । शुरूमा १ सयओटा मात्र स्टल बनाउने तयारी गरेका थियौं । स्थानीयबासीबाट १ सय २ स्टलको माग भएकाले सङ्ख्या बढाएका हौं ।

अन्तरराष्ट्रिय रूपमा गोरखाको पहिचान वृद्धि गर्नु महोत्सवको उद्देश्य हो । यसले स्थानीय उत्पादनलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोग गर्छ । जिल्लामा धेरै प्रकारका कृषिजन्य वस्तु उत्पादन हुन्छ । प्रचारप्रसारको अभावमा यी वस्तुले पर्याप्त बजार पाएका छैनन् । महोत्सवले यस्ता उत्पादनलाई विश्वबजारसम्म पुर्‍याउन सक्छन् भन्ने हाम्रो अपेक्षा छ । महोत्सवमा विभिन्न मनोरञ्जनका कार्यक्रम पनि आयोजना हुनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।