चालू आवको ७ महीनाको अवधिमा नेपालले कुल ७५ अर्ब ५७ करोड रुपैयाँबराबरको कृषि वस्तु आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यो गत आवको सोही अवधिको तुलनामा करीब २३ अर्बभन्दा कम रहेको देखिन्छ । गत आवको सोही अवधिमा कुल ९८ अर्ब ५० करोड रुपैयाँबराबरको कृषि वस्तु आयात भएको केन्द्रको तथ्याङ्कमा समावेश छ । केन्द्रको तथ्याङ्कअनुसार समीक्षा अवधिमा १७ अर्ब २३ करोडको चामल आयात भएको छ भने करीब ७ अर्ब रुपैयाँबराबरको मकै आयात भएको छ । त्यस्तै, चालू १० अर्ब रुपैयाँभन्दा बढीको फलफूल तथा तरकारी आयात भएको छ । खेतीयोग्य जमीन बाँझो रहँदा उत्पादनमा कमी आउन पुगेको छ । फलस्वरूप पछिल्लो समय वार्षिक ठूलो रकममा कृषि वस्तु आयात भइरहेको कृषि विकास मन्त्रालयका अधिकारी बताउँछन् । कृषियोग्य जमीन गैरउत्पादनमा परिणत हुँदा आयात बढेको उनीहरूको ठम्याइ छ ।
चालू आवको ८ महीनामा कृषि क्षेत्रका प्रगति
- बाढीले क्षतिग्रस्त पुगेका ३० जिल्लामा १ अर्ब २५ करोडको राहत वितरण
- मत्स्य व्यवसायअन्तर्गत पोखरी निर्माण, उपकरण खरीद आदिमा अनुदान एवम् सहुलियत कार्यक्रम सञ्चालन
- नेपाली चियाले ट्रेडमार्क प्राप्त
- अग्र्यानिक वस्तुका लागि अग्र्यानिक प्रमाणपत्रको काम अघि बढाएको
- कृषि बीमा प्रभावकारी रूपमा कार्यान्वयन
- १० वर्षका लागि फलफूल दशक कार्यक्रम सञ्चालन
- कृषि इञ्जिनीयरिङ निर्देशनालयअन्तर्गत ९० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र प्रदान गर्ने कार्यक्रम शुरू
- कृषि तथा खाद्य सुरक्षाअन्तर्गत विविध कार्यक्रम सञ्चालनमा आएको
- समग्र पशुपक्षी क्षेत्रको विकास एवम् प्रवद्र्धनका लागि वर्ल्ड बैङ्कसँग नेपाल लाइभष्टक इन्नोभेशन प्रोजेक्टको सम्झौता
- दूध उत्पादनका आधारमा साना किसानलाई अनुदान कार्यक्रम शुरू
- मिल्किङ मेशिन खरीदमा ५० प्रतिशतसम्मको अनुदान व्यवस्था
आव २०७५/७६ मा सञ्चालन हुने कार्यक्रम
आगामी आवमा कृषि विकास मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । गत आवमै सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई प्रभावकारी रूपमा सञ्चानल गर्ने सरकारको योजना छ । त्यस्तै, आगामी आवमै अलैंची प्रवद्र्धनका लागि अलैंची विकास बोर्ड गठनको तयारी रहेको मन्त्रालयले बताएको हो । विदेशबाट फर्केका सहित युवायुवतीलाई लक्षित गरी विशेष प्रकारको कार्यक्रमको खाका मन्त्रालयले तयार पारेको छ । साथै, मुलुकलाई हरियो तरकारी, माछा, धान, गहुँमा आत्मनिर्भर बनाउने महŒवाकाङ्क्षी योजना पनि तीव्र रूपमा अघि बढाइने मन्त्रालयले उल्लेख गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।