हरेक मेला लुम्बिनीको नामबाट नै हुनेछ

Share News

टङ्क पोखरेल
अध्यक्ष, रूपन्देही व्यापार सङ्घ


बुटवलमा विगतका वर्षहरूमा पनि विभिन्न किसिमका मेला–महोत्सव सम्पन्न भइसकेका छन् । यस्ता महोत्सवमा उद्योगी–व्यवसायीहरू प्रत्यक्ष उपभोक्ताहरूसँग साक्षात्कार हुन पाउँछन् । ग्राहकहरूको चाहना बुझ्न पाउने व्यवसायीहरूका लागि यो सुनौलो अवसर पनि हो । अहिले सञ्चालन भइरहेको मेला रूपन्देही व्यापार सङ्घको पहिलो प्रयास हो । त्यसैले, अनुभवको कमीले केही कमीकमजोरी पनि भएको हुन सक्छ । नेपालकै पहिचान बोकेको लुम्बिनी यही क्षेत्रमा पर्छ । त्यसैले, हामीले लुम्बिनीको पर्यटनलाई पनि सहयोग पुर्‍याउने उद्देश्यले लुम्बिनीको नामबाट महोत्सव गर्ने निर्णय गरेका हौं । व्यापार सङ्घले आउँदो दिनमा गर्ने हरेक मेला लुम्बिनीको नामबाट नै हुनेछ । भौतिक पूर्वाधारको कमीले मेलामा हामीले सोचेअनुरूप अन्तरराष्ट्रिय कम्पनी भित्र्याउन सकेनौं । तर पनि बुटवलमा अन्तरराष्ट्रिय व्यापार मेला गर्न सकिन्छ भन्ने हामीले देखाएका छौं । यसले हामीले अन्य समयमा मेला आयोजना गर्न आत्मबल मिलेको छ । मेलालाई प्रभावकारी गराउन बुटवल मण्डपमा स्थायी संरचना बनाइनुपर्छ । त्यसका लागि यसको गुरुयोजना निर्माण गर्नु आवश्यक छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।