लुम्बिनी एक्स्पो २०६९ : ९ दिनमै रू. २८ करोडको व्यवसाय

Share News

बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०६९ अन्तरराष्ट्रिय व्यापार मेलाको नवौं दिनसम्ममा २८ करोड रुपैयाँबराबरको व्यवसाय भएको छ । मेलामा अपेक्षा गरिएभन्दा पनि बढी दर्शक भित्रिएको आयोजक मूल समितिका संयोजक टङ्क पोखरेलले बताए । उनका अनुसार मेला अवधिभर २८ करोड रुपैयाँभन्दा बढीको व्यवसाय भएको छ । यो लक्ष्यभन्दा ३ करोड रुपैयाँ बढी भएको रूपन्देही व्यापार सङ्घका महासचिव यमलाल लोहनीले बताए ।

मेलामा सबैभन्दा बढी भीड भने अटो पेभेलियनमा रहेको छ । नवौं दिनसम्म उक्त पेभेलियनमा मात्र १५ करोड रुपैयाँभन्दा बढीको व्यवसाय भइसकेको लोहनीको भनाइ छ । ‘अटोक्षेत्रमा अपेक्षा गरिएभन्दा राम्रो कारोबार भयो, जसले गर्दा समग्र मेलाकै कारोबारलाई माथि उठायो,’ उनले भने । लुम्बिनी एक्स्पोको मुख्य प्रायोजक रहेको न्यू हल्याण्ड ट्र्याक्टरको अधिकृत विक्रेता भुसाल ट्र्याक्टर सप्लायर्सले मात्र डेढ दर्जन ट्र्याक्टर विक्री गरिसकेको छ ।

अटो पेभेलियनमा सहभागी फोर्ड कम्पनीले पनि करीब २ करोड रुपैयाँको गाडी विक्री गरेको छ । आईसीएमएल सोनालिका कम्पनीले आधा दर्जन ट्र्याक्टर विक्री गरी ७० लाख रुपैयाँभन्दा बढीको व्यवसाय गरेको छ । मेलामा राखिएका प्रायः सबै पेभेलियनका स्टलमा दर्शक तथा उपभोक्ताको भीड रहेको आयोजकले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।