अहिले नारायणपुरबाट क्लिङ्कर ल्याइएको छ । रक्सौलमा अनलोड बन्द भएपछि बारा र पर्साका कतिपय उद्योग बन्द भइसकेका छन् । केही उद्योग जसोतसो धानिएका छन् । नारायणपुर स्टेशनमा पनि प्रदूषणको कुरा उठिरहेको छ । भोलि नारायणपुरमा पनि अनलोड बन्द भयो भने के गर्ने ? त्यो अवस्थामा बारा–पर्साका सबै सिमेण्ट उद्योग बन्द हुनुको अर्को विकल्प नहुन सक्छ ।
प्रदूषणको नाममा भइरहेको अवरोध भोलिका दिनमा अन्य वस्तुमा पनि नहोला भन्न सकिन्न । त्यसकारण सबैभन्दा उत्तम विकल्प स्वदेशमै यसको अनलोडको प्रबन्ध मिलाउनु हो । यसका लागि सरकारले सक्रियता देखाउनुपर्छ । सरकारले बारा–पर्सा क्षेत्रमै अनलोडका लागि स्थान छुट्याउने भने पनि अहिलेसम्म त्यस्तो छाँटकाँट देखापरेको छैन ।
अनलोडका लागि नयाँ स्थानको प्रबन्ध मिलाउनुपर्छ । वीरगञ्जसम्म आइसकेको रेलमार्गलाई तत्कालका लागि कम्तीमा पथलैयासम्म विस्तार गर्नुपर्छ । यसो भएमा रेलमार्गबाट अन्य उद्योगका कच्चापदार्थको ढुवानीसमेत सहज हुन सक्छ ।
सरकारले स्वदेशी क्लिङ्कर उद्योगलाई संरक्षणका लागि भनेर यसको आयातमा चर्को भन्सार महशुल लिने गरेको छ । तर, स्वदेशका क्लिङ्कर उत्पादकले भारतबाट आउने क्लिङ्करको मोलमा भाडा र भन्सार जोड्दा हुन आउने मूल्यलाई आधार मानेर क्लिङ्कर विक्री गरिरहेका छन् । यसलाई स्वदेशी क्लिङ्कर उद्योगले कमाउने साधनमात्र बनाइरहेका छन् । यसबाट केही क्लिङ्कर उत्पादकलाई फाइदा त भएको छ, तर उपभोक्ताले बढी मूल्य तिर्नुपरिरहेको छ । सरकारले यतातिर पनि ध्यान दिनु जरुरी छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।