रक्सौलबाट उद्योगसम्म क्लिङ्कर ढुवानी गर्दा प्रतिमेट्रिक टन २ सय ५० भारू पथ्र्यो । अहिले नारायणपुरबाट ल्याउँदा यो खर्च १ हजार ४ सय भारू परिरहेको छ । यसबाट यो क्षेत्रका उद्योगबाट उत्पादित सिमेण्टको मूल्यवृद्धि भएको छ । यसको असर अन्तिममा उपभोक्तालाई नै पर्ने हो । यहाँका उद्योगले अन्य क्षेत्रका उद्योगसित मूल्यका आधारमा प्रतिस्पर्धा गर्न पनि कठिनाइ भइरहेको छ । यसको अन्तिम विकल्प रेलमार्गबाट नेपालसम्म क्लिङ्रको ढुवानी हो । तर, तत्कालका लागि पनि यसको समाधान खोजिनुपर्दछ । अल्पकालीन रूपमा रक्सौल स्टेशनमै अनलोडको व्यवस्था मिलाएर भए पनि निकास निकालिनुपर्दछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।