शान्तराज सुवेदी
सचिव, अर्थ मन्त्रालय
यो कार्यक्रमको मुख्य उद्देश्य युवालाई स्वरोजगार बनाउनु नै हो । समग्रमा नेपालको गरीबी न्यूनीकरणमा यसले सहयोग पुर्याउने हाम्रो विश्वास छ । कार्यक्रमलाई उपयोगी बनाउन अर्थ मन्त्रालयभन्दा पनि युवा तथा साना व्यवसायी स्वरोजगार कोष बढी जिम्मेवार हुनुपर्छ । कोषले कार्यक्रमलाई लक्षित समूहमा केन्द्रित गर्नुपर्छ । बैङ्कहरूबाट प्राप्त हुने विपन्न कर्जालाई उचित सदुपयोग हुँदा यसले गरीबी घटाउन महत्वपूर्ण सहयोग पुर्याउनेछ । कोषले उपलब्ध गराउने कर्जा सही ठाउँमा कानूनअनुसार लगानी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । यसको दुरुपयोग हुन दिनुहुँदैन । गरीबी न्यूनीकरणलाई सहयोग पुर्याउन भनेर नै युवालाई कर्जा उपलब्ध गराइँदै छ । जुन युवासँग शीप छ । तर, शीपको प्रयोग हुने काम गर्न कर्जा छैन, ती युवालाई यो कार्यक्रमले सहयोग पुर्याओस् भन्ने मन्त्रालयको मान्यता छ । त्यस्ता युवाको छनोटमा पनि कोषले ध्यान पुर्याओस् । यो कार्यक्रम देशमा खडेरी परिरहेको उद्यमशील क्षेत्रमा नयाँ उद्यमीहरू जन्माउन सफल होस् । दुर्गम र सुदूर गाउँको जीवनस्तरमा सुधार आयो भने यो कार्यक्रम प्रभावकारी भएको मानिनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।