सुमन भट्टराई
अध्यक्ष, लेउवासङ्घ
यस वर्ष हामीले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ मूल नाराका साथ नवौं लेखनाथ महोत्सव आयोजना गर्दै छौं । आजदेखि शुरू हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ । महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य नै लेखनाथको प्रवद्र्धन गर्नु हो । क्रेता र विक्रेताबीचको सम्बन्ध विस्तार गरी स्थानीय वस्तुको प्रवद्र्धन, बाह्य तथा आधुनिक प्रविधिको पहिचान, स्थानीय लोकसंस्कृतिको प्रवद्र्धन हुनाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपबाट लेखनाथपासीलाई महोत्सवले टेवा पुग्नेछ । सम्पूर्ण महानुभावहरूलाई महोत्सवको अवलोकन गरी सल्लाहसुझाव दिनुहुन हार्दिक अनुरोध गर्छु ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।