म्याच फिक्सिङका आरोपीहरुलाई सफाई

Share News

जेठ २४, काठमाडौं । म्याच फिक्सिङ गरेको आरोप लागेका फूटबल खेलाडीहरुलाई बिहीवार विशेष अदालतले सफाई दिएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरुलाई सफाई दिएको हो । विभिन्न अन्तरराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोपमा राष्ट्रिय फूटबल टिमका तत्कालीन कप्तान सागर थापा तथा खेलाडीहरु विकास सिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, अन्जन केसीलगायतलाई विशेष अदालतले सफाई दिएको हो ।

म्याच फिक्सिङ गरेको आरोपमा उनीहरुलाई प्रहरीले २०७२ साल असोज महीनामा पक्राउ गरेको थियो । सरकारले उनीहरुविरुद्ध सोही सालको कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।