काठमाडौं । जून १४ देखि रसियामा शुरू हुने विश्वकप फूटबल प्रतियोगितामा दुईओटा टिम पानामा र आइसल्याण्ड पहिलो पटक सहभागी हुँदै छन् । पानामा मध्यअमेरिकी मुलुक हो भने आइसल्याण्ड यूरोपियन मुलुक हो ।
सन् १९३० मा पहिलो पटक आयोजित विश्वकप फूटबलदेखि रसियामा हुन लागेको २१औं विश्वकप प्रतियोगितामा हालसम्म नछुटेको एउटा मात्र टिम हो ब्राजिल । यस्तै, २०औं विश्वकप फूटबल प्रतियोगिता (सन् २०१४) मा सहभागी १९ टिम यस वर्ष पनि छनोट भएका छन् भने पहिलो पटक सहभागी दुई टिमसहित सन् २०१४ मा नपरेका १३ टिम यस वर्ष छनोट भएका छन् ।

प्रस्तुति : आरसी काफ्ले
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।