ई–कमर्श व्यवसाय विस्तारको राम्रो माध्यम बन्न थालेसँगै यसको प्रयोगले व्यापकता पाउन थालेको छ । सूचनाप्रविधिको पछिल्लो उपलब्धिमध्येको एक ई–कमर्श व्यवसायसँगै भ्यालेण्टाइन्स डेमा पनि सान्दर्भिक बन्न थालेको छ । भ्यालेण्टाइन्स डेको अवसरमा ई–कमर्श वेबसाइट सञ्चालकहरूले विशेष प्याकेज उपलब्ध गराएका छन् । त्यस्ता वेबसाइटमार्फत प्रेमीप्रेमिकालाई उपहार पठाउन अथवा लिन सकिने व्यवस्था सञ्चालकहरूले गरेका छन् ।
ई–कमर्शले भ्यालेण्टाइन्स डेमा दिइने उपहारको प्रचलनलाई सहज त बनाएको छ नै, त्योभन्दा बढी फरक स्थानको उपहार दिने कार्यलाई पनि सम्भव बनाएको छ । नेपालमा विशेषगरी ठमेल, मुञ्चा, भाटभटेनी डटकम, हाम्रो बजार आदि ई–कमर्शका लागि प्रसिद्ध छन् । प्रणय दिवसको अवसर पारेर यस्ता वेबसाइटहरूले बजारमा चलेका उपहारलाई विशेष अफरमार्फत ग्राहकसामु उपलब्ध गराएका छन् । ठमेल डटकमले ‘सेण्ड माया टू योर मायालु इन नेपाल’मार्फत विभिन्न उपहार विक्रीमा राखेको छ । यस्ता वेबसाइटमा विभिन्न वर्गका ग्राहकलाई लक्षित गरी उपहारहरू विक्रीका लागि राखिएका हुन्छन् । घरमै बसेर उपहार खरीद गर्न सकिने, उपहार छनोट गर्न सकिनेजस्ता सुविधा यस्ता वेबसाइटले उपलब्ध गराएका हुन्छन् ।
यस्ता वेबसाइटमा विशेष रूपमा फूलका गुच्छा, विभिन्न स्वादका चकलेट, केक, पोष्टकार्ड, वाइन, डलहरू, आकर्षक कपडा, सौनदर्य सौ उर्दर्य सामग्री आदि सामान उपहारस्वरूप राखेको पाइन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।