अष्ट्रेलिया विरुद्ध फ्रान्सले निकाल्यो २–१ को जीत, पोग्बा बने नायक

Share News
असार २, काठमाडौं (अस) । रुसमा जारी विश्वकप पूmटबलमा शनिवारको पहिलो खेलमा फ्रान्सलाई अष्ट्रेलियाले २–१ गोल अन्तरले हराएको छ । कजान स्टेडियममा भएको उक्त खेलको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेले । दोस्रो हाफमा अष्ट्रेलियाली खेलाडीले फ्रान्सका फवार्ड एन्टोनी ग्रिजम्यानलाई फल गर्दा रेफ्रीले पेनाल्टी दिएका थिएनन् । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) रिभ्यूले फ्रान्सलाई पेनाल्टी दिलायो । खेलको ५८ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीलाई गोलमा परिणत गरेर फ्रान्सलाई अग्रता दिलाए । तर, उसको यो अग्रता धेरै बेर भने टिक्न सकेन । ६२ औं मिनेटमा अष्ट्रेलियाली मिडफिल्डर जेडिनाकले पेनाल्टीको सदुपयोग गर्दै टोलीलाई फ्रान्सको बराबरीमा ल्याए । तर स्टार स्ट्राइकर पल पोग्बाले ८१ औं मिनेटमा फ्रान्सका लागि दोस्रो गोल गरे । उनको प्रहार बारमा लागेर गोलमा परीणत भएको थियो । यसमा पनि रेफ्रीले शुरुमा गोल दिएका थिएनन् तर, गोललाइन प्रविधिबाट गोल देखिएपछि पोग्बाको गोललाई मान्यता दिइयो । उनको सोही गोल फ्रान्सको जितका लागि निर्णायक बन्यो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।