रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत दोस्रो खेलमा अतिरिक्त समयमा मोरक्कोको आत्मघाती गोलका कारण इरानले जित हात पारेको छ । खेलको पहिलो हाफमा दुवै टोलीले निकै रफ खेलेपनि आफ्नो खातामा गोल लेखाउन भने कसैले सकेनन् । दोस्रो हाफमा पनि दुवै टोलीले एकअर्कालाई निकै दबाबमा राखे ।
प्रतियोगिताभर दुवै टीमले कयौंपटक गोल गर्ने अवसर पाएका थिए । तर, दुवै चुके । नियमित समयमा दुवै पक्षबाट गोल गर्न नसकेपछि ६ मिनेट समय थपियो । यही समयमा बल गोलपोष्टबाट बाहिर लान अजिज बोहाडोले गरेको हेड दुर्भाग्यवश पोष्टको कर्नरमा पुग्यो ।
२०२६ को विश्वकप आयोजनाको अवसर नपाएको मोरक्कोका लागि यो हार यस हप्ताको अर्को झट्का हो । मोरक्कोले २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको थियो ।
रासस/एएफपी/सिन्हवा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।