उरुग्वे विजयी

Share News
विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत शुक्रवार समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वे विजयी भएको छ । उरुग्वेले इजिप्टलाई १–० गोल अन्तरले हराएको छ । दोस्रो हाफमा आक्रामक बनेको खेलमा ८९औं मिनेटमा जस गिमिनेजले गोल गर्दै उरुग्वेलाई निराश हुनबाट जोगाए । दोस्रो हाफमा इजिप्टले केही अवसर पाएको भएपनि त्यसको सदुपयोग गर्न नसक्दा हार बेहोर्नुप¥यो । उरुग्वेले गरेका १५ प्रहारमा ४ प्रहारमात्र इजिप्टको पोष्टतर्फ गयो । इजिप्टले गरेका ८ प्रहारमध्ये ३ मात्र उरुग्वेको पोष्टको दिशामा थियो । खेलमा उरुग्वेले पाँच कर्नर पाउँदा इजिप्टले एउटै कर्नरको अवसर पाएन । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्टले उरुग्वेसँग यसपटक निकै प्रतिस्पर्धात्मक खेल खेल्यो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।