समूह ‘ई’मा रहेका पाँचपटकको विश्वविजेता ब्राजिल र तीनपटकको क्वाटरफाइनलिष्ट स्वीट्रजरल्याण्ड ५ वर्षपछि आज नवौंपटक भिड्दै छन् । तर, विश्वकपका लागि भने यी दुईको यो दोस्रो खेल हो । पछिल्लोपटक सन् २०१३ मा यी दुईबीच इण्टरनेशनल फ्रेण्डली म्याच भएको थियो । यस खेलमा स्वीट्जरल्याण्डले ब्राजिललाई १–० ले पराजित गरेको थियो । हालसम्म खेलेका ८ खेलमध्ये ब्राजिलले तीनपटक र स्वीट्जरल्याण्डले दुईपटक जित हात पारेका छन् भने तीनपटक यी दुईले बराबरी खेलेका छन् ।
यी दुईको पहिलो भेट सन् १९५० को विश्वकपमा भएको थियो । एउटै समूहमा रहेका यी दुईले समूह चरणको खेलमा २–२ को बराबरी खेल्दै अङ्क बाँडेका थिए । जारी विश्वकपमा ब्राजिल छैटौंपटक उपाधि जितेर सबैभन्दा बढी विश्वकप जित्ने टीमको रेकर्ड आफूसँगै राख्न चाहन्छ भने तीनपटक क्वाटरफाइनलबाट घर फर्किएको स्वीट्जरल्याण्ड सेमिफाइनलसम्म पुग्ने प्रयासमा हुनेछ । तुलनात्मक रूपमा बलियो मानिएको ब्राजिलका सामु उत्कृष्ट प्रदर्शन गर्नु स्वीट्जरल्याण्डका लागि चुनौतीपूर्ण हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।