सामसुङ ब्राण्डका वाशिङ मेशिनमा कम्पनीले डिजिटल इन्भर्टर मोटर प्रविधि प्रयोग गरेको छ । उक्त प्रविधिको प्रयोगले विद्युत् कम खपत गर्ने र मोटरको पनि प्रयोग क्षमता वृद्धि हुने हिम इलेक्ट्रोनिक्स प्रालिका उपमहाप्रबन्धक विनयराज त्रिपाठीले बताए । सामसुङ ब्राण्डको पछिल्लो वाशिङ मेशिनले १५ मिनेटको क्विक वास गर्छ । यसमा प्रयोग गरिएको सेरामिक हिटरले कपडा धुने पानी छिटो तातो पारेर बिजुली कम खपत गर्छ ।
त्यस्तै वाशिङ मेशिनमा रहेको इको ड्रम क्लिनले स्वचालित रूपमा जम्मा भएको फोहोर सफा गर्छ । मेशिनमा प्रयोग गरिएको स्टीलको डायमण्ड सेप ड्रमले कपडा धुदा त्यसको गुणस्तर बिग्रन दिँदैन । पानी, हावा र सरफको राम्रो मिश्रणका लागि मे इको बबुल प्रयोग गरिएको उनले जानकारी दिए । उनका अनुसार मेशिनमा सात किलो कपडा धुन ३९ लिटर मात्र पानी भए पुग्छ ।
नेपालका शहरी क्षेत्रमा बढ्दै गएको पानीको अभाव र मानिसको व्यस्त तथा आधुनिक जीवनशैलीले वाशिङ मेशिनप्रति मानिसको आकर्षण बढेको छ । कम्पनीले सन् २००१ देखि सामसुङ ब्राण्डका मेशिन विक्री गर्दै आएको छ । सामसुङ ब्राण्डका ५ देखि ७ किलो क्षमताका वाशिङ मेशिन नेपाली बजारमा उपलब्ध छन् । मेशिनको क्षमता तथा मोडलअनुसार २१ हजार ९ सय ९० देखि ६२ हजार ९ सय ९० रुपैयाँसम्म मूल्य पर्ने कम्पनीले जानकारी दिएको छ । थाइल्याड, कोरिया र भारतबाट कम्पनीले वाशिङ मेशिन आयात गर्दै आएको बताएको छ । कम्पनीले हाल २ सय ५९ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।