डिफेन्डिङ च्याम्पियन पराजित

Share News
सन् २०१४ को विश्वकप विजेता जर्मनी यसवर्षको पहिलो खेलमा नै मेक्सिकोसँग पराजित भएको छ । आइतवार भएको खेलमा मेक्सिकोको ३५ औं मिनेटको गोलको जवाफ दिन जर्मनी असफल भयो । मेक्सिकोलाई जिताउन हिरभिङ लोजानोले गोल गरेका थिए । २० पटकसम्म गोल गर्ने अवसर पाएको मौकालाई जर्मनीले सार्थक रुप दिन सकेन । जर्मनीका लागि मेक्सिकोको गोल किपर ओचावा खम्वा सावित भयो । सर्बिया विजयी त्यस्तै, आइतवारको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा मध्यान्तरसम्म दुवै टीमले खाता खोल्न सकेका थिएनन् । खेलको ५६औं मिनेटमा सर्बियाका अलेक्जेण्डर कोलारोभले गरेको एकमात्र गोल सर्बियाको जितका लागि निर्णायक सावित भयो । कोष्टारिकाले अधिकांश समय खेल आफ्नो दबाबमा राखेपनि गोल फर्काउन नसक्दा हार बेहोर्नुपर्‍यो । यस जितसँगै सर्बियाले अघिल्लो चरण जाने सम्भावना बलियो बनाएको छ । तथापि, यो समूहमा ब्राजिल र स्वीट्जरल्याण्डजस्ता बलिया टीम रहेकाले उसको बाटो सहज भने छैन । त्यस्तै, अङ्कगणीतीय हिसाबले कोष्टारिकाको अर्को चरणमा जाने सम्भावना रहेपनि उसको लागि त्यो फलामको चिउरा चपाउनुसरह हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।