सबैभन्दा धेरै विश्वकप खेल्ने : ब्राजिल
ब्राजिल विश्वकपका सबैभन्दा धेरै संस्करणमा सहभागी भएको देश हो । अहिले रूसमा चलिरहेको विश्वकपबाहेक ऊ २० पटक विश्वकपमा सहभागी भएको छ । यस क्रममा ब्राजिलले कुल २ सय २७ अङ्क बटुलेको छ । विश्वकपमा सहभागी देशहरूले प्राप्त गरेको अङ्कमा पनि ब्राजिल सबैभन्दा अगाडि छ ।
सबैभन्दा धेरै खेल खेल्ने : जर्मनी
जर्मनी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने देश हो । २०१४ को संस्करणसमेत गरी जर्मनीले विश्वकपमा १ सय ६ ओटा खेल खेलेको छ । यसमध्ये ६६ खेल उसले जितेको छ भने २० ओटा खेल हार्दा २० खेलबराबरी खेलेको छ ।
सर्वाधिक कार्ड पाउने : अर्जेण्टिना
विश्वकपमा सबैभन्दा धेरै पहेंलो कार्ड पाउने देश अर्जेण्टिना हो । उसले खेलेका ७७ म्याचमा कुल १ सय २० कार्ड पाएकोमा १ सय ११ ओटा पहेंलो कार्ड छन् । सबैभन्दा धेरै रातो कार्ड पाउनेमा भने ब्राजिल अगाडि छ । १ सय ४ खेलमा ब्राजिलले १० ओटा रातो कार्ड पाएको छ ।
सर्वाधिक उपाधि विजेता : ब्राजिल
ब्राजिलले पाँचपटक विश्वकप उपाधि चुमेको छ । उसले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप उपाधि जितेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।