आजको खेल : पोर्चुगलविरुद्ध मोरक्को (साँझ ५ः४५ बजे)

Share News
रसियामा जारी विश्वकप फूटबलको समूह ‘बी’मा रहेका पोर्चुगल र मोरक्कोबीच आज साँझ ५ः४५ बजे खेल हुँदै छ । आफ्नो पहिलो खेलमा स्पेनसँग ३–३ गोलको बराबरी खेलेको पोर्चुगल र आत्मघाती गोल गर्दै नतीजा इरानलाई सुम्पिएको मोरक्कोबीचको खेल रोमाञ्चक हुने अनुमान छ । यसअघि सन् १९८६ मा मोरक्कोले एकपटकमात्र पोर्चुगलको सामना गरेको छ । १३औं विश्वकपको समूह चरणमा भएको उक्त खेलमा मोरक्कोले पोर्चुगललाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । जारी विश्वकपमा रोनाल्डोको ह्याट्रिकले उत्साहित भएको पोर्चुगल मोरक्कोलाई पराजित गरी अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउने प्रयासमा हुनेछ भने मोरक्को पहिलो जित दर्ता गरी अङ्क तालिकामा माथि आउने प्रयासमा हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।