रसिया बन्यो अन्तिम १६ मा पुग्ने पहिलो टीम, यस्तो छ अङ्क तालिका

Share News

असार ६, काठमाडौं (अस) । समूह चरणमा लगातार दोस्रो जित हात पार्दै आयोजक रसिया फिफा विश्वकप फूटबलको अन्तिम १६ मा पुग्ने पहिलो टीम बनेको छ । मङ्गलवार राति इजिप्टलाई ३–१ ले पराजित गर्दै रसियाले अन्तिम १६ मा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको शुरुआत (४७ मिनेट)मै इजिप्टका कप्तान मोहम्मद फाथीको खुट्टामा लागेर भएको आत्मघाती गोलमार्फत अग्रता लिएको रसियाका लागि खेलको ५९ औँ मिनेटमा डेनिस चेरसिभले गोल गर्दै रसियाको अग्रता दोब्बर पारे । त्यसको ३ मिनेटपछि अर्थात् खेलको ६२ औँ मिनेटमा आर्टेम डिजुवाले रसियाका लागि तेस्रो गोल गरे । खेलको ७३ औँ मिनेटमा इजिप्टले पाएको पेनाल्टीमा मोहम्मद सलाहले गोल गरेता पनि टीमलाई जिताउन भने सकेनन् ।

हारसँगै इजिप्टको अर्को चरण पुग्ने सम्भावना लगभग सकिएको छ । लगातार दुई खेलमा पराजित इजिप्ट अङ्कबिहिन छ । इजिप्टले आफ्नो अन्तिम खेल सोमवार साउदी अरेबियासँग खेल्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।