आजको खेल : अर्जेण्टिनाविरुद्ध क्रोएशिया (राति ११ः४५ बजे)

Share News
समूह चरणको पहिलो खेलमा स्टार खेलाडी लियोनल मेस्सीको प्रदर्शनीबाट निकै आलोचित बनेको विश्वविजेता अर्जेण्टिनाले आज क्रोएशियासँग खेल्दै छ । पहिलोपटक विश्वकपमा छनोट भएको आइसल्याण्डसँग १–१ को बराबरी खेलेको अर्जेण्टिनाका समर्थकहरूलाई खुशी पार्न र अर्को चरण पुग्ने सम्भावना बलियो बनाउन पनि अर्जेण्टिनालाई आजको खेल जित्नैपर्ने दबाब छ । नाइजेरियालाई २–० ले पराजित गरेको क्रोएशिया आजको खेल जित्न वा बराबरीमा रोक्न चाहन्छ । यसअघि चारपटकको खेलमा अर्जेण्टिनाले दुईपटक जितेको छ भने क्रोएशियाले एकपटक जितेको छ र एक खेल बराबरी भएको छ । सन् १९९८ को विश्वकपमा समूह चरणको खेलमा अर्जेण्टिनाले क्रोएशियालाई १–० ले पराजित गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।