आजको खेल : डेनमार्कविरुद्ध अष्ट्रेलिया (साँझ ५ः४५ बजे)

Share News
समूहचरणको खेलमा पेरुलाई १–० ले पराजित गरेको डेनमार्कले आज अष्ट्रेलियासँग खेल्दै छ । अष्ट्रेलिया आफ्नो पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित भएको थियो । अर्को चरण पुग्न अष्ट्रेलियालाई आजको खेल जित्नैपर्ने दबाब छ भने आजको खेल जितेको खण्डमा डेनमार्कले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्नेछ । डेनमार्क र अष्ट्रेलिया ६ वर्षपछि चौथोपटक आपसमा भिड्दै छन् । विश्वकपमा पहिलोपटक भिड्न लागेका यी दुई टीमले यसअघि तीनओटा अन्तरराष्ट्रिय मैत्री खेल खेलेका छन् । सन् २००७ र २०१२ मा डेनमार्कले क्रमशः ३–१ र २–० ले नतीजा आफ्नो पक्षमा पारेको थियो भने सन् २०१० मा अष्ट्रेलियाले १–० को जित निकालेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।