असार ७, काठमाडौं । रसियामा जारी विश्वकपमा बिहीवार डेनमार्कलाई अष्ट्रेलियाले १–१ गोलको बराबरीमा रोकेको छ । यससँगै लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ पुग्ने डेनमार्कको लक्ष्यमा धक्का पुगेको छ भने अङ्क तालिकामा १ अङ्क जोडेको अष्ट्रेलियाले अन्तिम १६ पुग्ने आफ्नो सम्भावना कायम राखेको छ ।
खेलको सातौँ मिनेटमा क्रिष्टियन एरिक्सनले पहिलो गोल गर्दै डेनमार्कलाई शुरुआती अग्रता दिलाए । तर यो अग्रतालाई खेलको ३८ औँ मिनेटमा माइल जेडिनकले पेनाल्टी गोलमार्फत तोडिदिए र खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि दुबै टीमबाट गोलका लागि थुप्रै प्रयास भएता पनि सफल भएन र खेल बराबरीमा नै टुङ्गियो ।
बराबरीपछि डेनमार्क ४ अङ्कका साथ समूह ‘सी’को पहिलो स्थानमा उक्लिएको छ भने अष्ट्रेलिया १ अङ्कका साथ तेस्रो स्थानमा छ । यी दुईको समूह चरणमा अब एक–एक खेल बाँकी छ ।
आज राति ८ः४५ बजे फ्रान्स र पेरु तथा राति ११ः४५ बजे अर्जेन्टिना र क्रोएशियाबीच खेल हुँदैछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।