नाइजेरियालाई आइसल्याण्डसँग बदला लिने अवसर (राति ८ः४५ बजे)

Share News
३७ वर्षपछि पुनः आमनेसामने हुन लागेका नाइजेरिया र आइसल्याण्डबीचको आजको खेल नाइजेरियालाई बदला लिने अवसर हो । यसअघि यी दुईको भेट एकपटक सन् १९८१ मा भएको थियो । त्यसबेला भएको अन्तरराष्ट्रिय मैत्री खेलमा आइसल्याण्डले नाइजेरियालाई ३–० ले पराजित गरेको थियो । पहिलोपटक विश्वकपमा सहभागी भएर समूह चरणको पहिलो खेलमा विश्वविजेता अर्जेण्टिनालाई १–१ को बराबरीमा रोकेर सनसनी मच्चाएको आइसल्याण्ड पहिलो खेलमा क्रोएसियासँग २–० ले पराजित भएको नाइजेरियालाई दोस्रो हार चखाउने दाउमा छ । अर्जेण्टिनासँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेको आइसल्याण्ड आजको खेलमा स्पष्ट जित निकाल्दै अर्को चरण पुग्ने बलियो आधार तयार पार्न चाहन्छ । नाइजेरिया आनो सम्पूर्ण शक्ति खर्चेर आइसल्याण्डलाई रोक्ने प्रयासमा हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।