सर्बिया र स्वीट्जरल्याण्डको पहिलो अन्तरराष्ट्रिय खेल (राति ११ः४५ बजे)

Share News
कोष्टारिकालाई १–० ले हराउँदै विश्वकपमा सुखद शुरुआत गरेको सर्बिया र विश्वविजेता ब्राजिललाई १–१ को बराबरीमा रोकेको स्वीट्जरल्याण्ड आज आमनेसामने हुँदै छन् । पहिलो खेल जितेर ३ अङ्कसहित सर्बिया शीर्ष स्थानमा छ भने १ अङ्कसहित स्वीट्जरल्याण्ड तेस्रो स्थानमा छ । सर्बिया आजको खेल जितेर अन्तिम खेल बाँकी छँदै अर्को चरण प्रवेश गर्न चाहन्छ भने स्वीट्जरल्याण्ड आजको खेलमा स्पष्ट जित निकालेर अर्को चरण प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ । सर्बिया र स्वीट्जरल्याण्डको यो पहिलो अन्तरराष्ट्रिय खेल हो । विश्वकप इतिहासलाई फर्केर हेर्दा सन् १९३० को पहिलो विश्वकपबाट सहभागी भएको सर्बिया पहिलो र सन् १९६२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको छ । सन् १९३४ को दोस्रो विश्वकपबाट सहभागी भएको स्वीट्जरल्याण्ड तीनपटक क्वाटरफाइनलसम्म पुगेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।