ब्राजिलविरुद्ध दोस्रो जित निकाल्ने प्रयासमा कोष्टारिका (साँझ ५ः४५ बजे)

Share News
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी खेलेको ब्राजिललाई अर्को चरणमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब छ । उता, सर्बियासँग पहिलो खेलमा पराजित भएको कोष्टारिकालाई पनि अर्को चरण पुग्ने सम्भावना जोगाउन जित्नु अत्यावश्यक छ । ब्राजिलका नेमार आजको खेलमा खेल्ने वा नखेल्ने अन्योल छ । यसले पनि ब्राजिलको प्रदर्शनमा प्रभाव पार्ने देखिन्छ । यद्यपि, यसअघि यी दुई टीमले आपसमा खेलेका खेलमा ब्राजिल कोष्टारिकामाथि हावी भएको देखिन्छ । यसअघि खेलेका १० खेलमा कोष्टारिका ब्राजिलसँग ९ पटक पराजित भएको छ भने ब्राजिललाई कोष्टारिकाले १ पटकमात्र जितेको छ । यसअघि सन् १९९० र २००२ को विश्वकपमा समूह चरणका खेलमा ब्राजिलले कोष्टारिकालाई पराजित गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।