पहिलो जितको खोजीमा साउदी अरेबिया र इजिप्ट (राति ७ः४५ बजे)

Share News
समूह ‘ए’अन्तर्गतको अन्तिम खेलमा आज साउदी अरेबिया र इजिप्ट भिड्दै छन् । रसिया विश्वकपका लागि यी दुवैको यो अन्तिम खेल हो । यसअघिका दुवै खेलमा हार बेहोरेका साउदी अरेबिया र इजिप्ट जारी विश्वकप यात्रा समूह चरणबाटै सकिनेछ । यसर्थ दुवै टीम जारी विश्वकपमा एकमात्र जित निकाल्ने प्रयासमा हुनेछन् । साउदी अरेबिया र इजिप्टले यसअघि खेलेका ६ अन्तरराष्ट्रिय खेलमा इजिप्ट ४ पटक विजयी भएको छ भने साउदी अरेबियाले एकपटक मात्रै जितेको छ । त्यस्तै, एक खेल बराबरीमा टुङ्गिएको छ । पहिलोपटक सन् १९६१ को तेस्रो पान अरब गेम्सअन्तर्गतको खेलमा इजिप्टले साउदी अरेबियालाई १३–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, यी दुईबीचको अन्तिम खेल सन् २००७ को पान अरब गेम्समा पनि इजिप्टले साउदी अरेबियालाई २–१ ले पराजित गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।