समूह चरणका दुई खेल जितेर अन्तिम १६ मा प्रवेश गरिसकेका उरुग्वे र रसिया आज राति भिड्दै छन् । समूह ‘ए’मा सुखद शुरुआत गरेको आयोजक रसिया घरेलु मैदानमा समूह विजेता बन्ने दाउमा छ भने दुईपटकको विश्वविजेता उरुग्वे रसियालाई उसैको मैदानमा हराउँदै समूह विजेता बन्ने प्रयासमा हुनेछ । यसअघि रसियाले उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० र दोस्रो खेलमा इजिप्टलाई ३–१ ले हराएको छ । त्यस्तै, उरुग्वेले पहिलो खेलमा इजिप्ट र दोस्रो खेलमा साउदी अरेबिया दुवै टीमलाई १–० ले पराजित गरेको छ । यी दुईले यसअघि सन् २०१२ मा पहिलोपटक अन्तरराष्ट्रिय मैत्री खेलमा १–१ को बराबरी खेलेका छन् । त्यसपछि आपसमा भिड्न लागेको यो दोस्रो खेलमा दुवै टीम एकअर्काविरुद्ध पहिलो जित दर्ता गर्ने प्रयासमा हुनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।