कुन–कुन टीम समूहको अन्तिम खेल नखेल्दै नकआउट चरण पुगे ?

Share News

असार ११, काठमाडौं (अस) । रसियामा जारी विश्वकप फूटबलमा आइतवार रातिसम्ममा ३२ खेल सकिएको छ । सबै टीमले समूह चरणका दुई/दुई खेल खेलेका छन् । सोमवारदेखि समूह चरणका अन्तिम खेल शुरु हुँदैछन् ।

समूह ‘ए’ बाट आयोजक रसिया र उरुग्वे, समूह ‘सी’बाट फ्रान्स, समूह ‘डी’बाट क्रोएशिया, समूह ‘एफ’बाट मेक्सिको र समूह ‘जी’बाट इङ्ल्याण्ड र बेल्जियम समूह चरणको अन्तिम खेल बाँकी छँदै नकआउट चरण प्रवेश गरिसकेका छन् ।

समूह चरणका दुई खेलमा लगातार दुई खेल जित्दै यी टीम नकआउट प्रवेश गरेका हुन् भने, ९ ओटा टीम समूह चरणको अन्तिम खेल अगाडि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । १६ टीमको नकआउट चरणमा पुग्ने सम्भावना अझै जीवित छ । जसमध्ये १० टीम नकआउट चरण पुग्नेछन् भने ६ टीम समूह चरणबाट घर फर्कनेछन् । आइतवार रातिका खेल सकिँदासम्मको अङ्क तालिकाः

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।