क्रोएशियालाई जिते आइसल्याण्डको नकआउट चरण पुग्ने सम्भावना (राति ११ः४५ बजे)

Share News
पहिलोपटक विश्वकपमा सहभागी भएको आइसल्याण्डले समूह चरणको अन्तिम खेलमा आज क्रोएशियासँग खेल्दै छ । लगातार दुई खेलमा जित निकालेको क्रोएशिया नकआउट चरणमा पुगिसकेको छ भने एक अङ्क जोडेको आइसल्याण्डले आज जितेमा उसको पनि नकआउट चरण पुग्ने सम्भावना रहन्छ । तर, यता जित निकाले पनि आइसल्याण्डको नकआउट चरण यात्रा अर्जेण्टिना र नाइजेरियाको खेलमा निर्भर छ । यो खेलमा नाइजेरिया पराजित हुनुपर्छ वा खेल बराबरीमा सकिनुपर्छ । अथवा अर्जेण्टिनाले ३–० भन्दा कम गोलअन्तरले खेल जित्नुपर्छ । यसो हुँदा आइसल्याण्ड गोल अन्तरको आधारमा समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरण पुग्नेछ । तर, आइसल्याण्डलाई क्रोएशियाविरुद्धको खेल त्यति सहज भने छैन । आइसल्याण्ड र क्रोएशियाले यसअघि खेलेका ६ खेलमा क्रोएशिया ४ खेलमा विजयी भएको छ भने आइसल्याण्डले एकपटक जितेको छ । एक खेल बराबरीमा टुङ्गिएको छ । यी सबै खेल विश्वकप छनोटका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।