एकै खेलमा धेरै गोल गर्ने खेलाडी :५.४
विश्वकपमा अहिलेसम्म प्रतिखेल सर्वाधिक औसत गोल ५ दशमलव ४ छ । १९५४ मा स्वीट्जरल्याण्डले पूmटबल महाकुम्भको आयोजना गर्दा हरेक खेलको औसत गोल ५ दशमलव ४ थियो ।
६८,९११
रङ्गशालामै गएर विश्वकप प्रतियोगिता हेर्ने दर्शकको अहिलेसम्मकै उच्च औसत सङ्ख्या १९९४ मा आयोजित प्रतियोगिताको छ । त्यतिबेला हरेक खेल औसत ६८,९११ जनाले हेरेका थिए ।
७०
विश्वकपका सर्वाधिक खेल जित्ने राष्ट्र ब्राजिल हो । यसले २० पटक विश्वकप प्रतियोगितामा सहभागी हुँदा कुल ७० खेल जितेको छ । रूसमा आयोजित विश्वकपमा ब्राजिल २१औं पटक सहभागी हुँदै छ ।
०
विश्वकपमा हरेक खेल हार्ने र एक गोल पनि गर्न नसक्ने टीम हुन् क्यानडा, चीन, इण्डोनेशिया र कङ्गो ।
९
सबैभन्दा धेरै खेलेर एक खेल पनि नजित्ने देश होण्डुरस हो । यसले विश्वकपमा ९ खेल खेलेर पनि कुनै जित हात पार्न सकेको छैन ।
३
पेनाल्टी सूटआउटबाट खेलको निर्णय गर्दा सबैभन्दा धेरै हार्ने टोली बेलायत र इटाली हुन् । यसअघिका विश्वकपमा यी दुवै टोलीले ३/३ पटक पेनाल्टी सूटआउटमा हार बेहोरेका थिए ।२५
विश्वकपका खेलमा जर्मन फूटबलर लोथर म्याथियसले खेले जति खेल कुनै पनि खेलाडीले खेलेका छैनन् ।१७ वर्ष १ महीना १० दिन
उत्तरी आयरल्याण्डका नोमर्न ह्वाइटसाइड विश्वकप खेल्ने अहिलेसम्मकै कान्छा खेलाडी हुन् । १९८२ को जुन १६ मा १७ वर्ष १ महीना १० दिनको उमेरमा ह्वाइटसाइडले युगोस्लाभियाविरुद्ध खेलेका थिए ।६
विश्वकपमा सबैभन्दा बढी कार्ड पाउने खेलाडी फ्रान्सका जिनेदिन जिदान, ब्राजिलका काफू र मेक्सिकोका राफेल मार्केज हुन् । यिनीहरू प्रत्येकले ६ कार्ड खाएका छन् ।३
तीन विश्वकप जित्ने एकमात्र खेलाडी हुन् ब्राजिलका पेले । पेले सहभागी भएको वर्ष अर्थात् १९५८, १९६२ र १९७० मा ब्राजिलले विश्वकप चुमेको थियो ।२,२१७
विश्वकपमा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडी इटालीका पाउलो माल्दिनी हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।