लगातार दुई खेल जितेर नकआउट चरण प्रवेश गरेको फ्रान्स र डेनमार्कबीच आज खेल हुँदै छ । डेनमार्कलाई नकआउट चरण पुग्न बराबरी मात्रै पनि पर्याप्त छ भने पराजित भएमा अष्ट्रेलियाले मौका पाउन सक्छ । फ्रान्सविरुद्ध स्पष्ट जित निकाले डेनमार्क समूह विजेता बन्नेछ । फ्रान्स पनि समूह चरणका सबै खेल जितेर अपराजित विश्वकप यात्रा अगाडि बढाउन चाहन्छ । यो अवस्थामा यी दुईको खेल रोमाञ्चक हुने देखिन्छ ।
यसअघि यी दुईबीच १३ ओटा अन्तरराष्ट्रिय खेल भएका छन् । यी खेलमध्ये फ्रान्सले ८ खेल जितेको छ भने डेनमार्कले ४ खेल जितेको छ । एक खेल बराबरीमा टुङ्गिएको छ । पछिल्लो तीन खेलमा डेनमार्क लगातार पराजित भएको छ । यसपटक हारको शृङ्खला रोक्न पनि फ्रान्सविरुद्ध डेनमार्कलाई जित्नैपर्ने दबाब छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।