किन हुन्छ, विश्वव्यापी इण्टरनेट स्लो ?

Share News

विश्वास रेग्मी

सन् २०१३ मार्च २७, बुधवारको दिन विश्वभर सूचनाप्रविधिको क्षेत्रमा एउटा तरङ्ग फैलियो । तरङ्ग यस अर्थमा, त्यस दिन विश्वभर इण्टरनेटको गति अलि ढिला (स्लो) हुन पुगेको थियो । झण्डै त्यसको असर वेब ब्राउजर र ई–मेलमा हुन पाएन । यदि त्यसो हुन्थ्यो भने विश्वभर इण्टरनेटबाट कुनै पनि काम गर्न सकिँदैनथ्यो । हुन त विश्वभर इण्टरनेट स्लो भएको यो पहिलो घटना भने होइन । तर, यस दिनलाई इण्टरनेटकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो साइबर अट्याक (आक्रमण)को रूपमा लिने गरिन्छ । साइबर अट्याकले इण्टरनेट गतिमा सुस्तता ल्याउँछ नै, यसले इण्टरनेट मार्गमा ट्राफिक जामसमेत गराउँछ । 

कसरी हुन्छ त इण्टरनेट स्लो ?

इण्टरनेट स्लो हुनुका पछाडि धेरै कारण छन् । तर, साइबर अट्याकसम्बन्धी विभिन्न अध्ययनले इण्टरनेट स्लो हुनुमा आयाकरहरूलाई मुख्य कारण मान्ने गरेका छन् । वास्तवमा ह्याकर यो समस्याको एउटा प्रमुख कारण हुन् नै, तर एक मात्र कारण भने होइनन् । ‘आयाकर भनेको स्वाभाविक रूपमा निराशावादी मानिसहरू हुन्,’ नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल भन्छन्, ‘उनीहरू अरूलाई दुःख दिएर रमाइलो मान्छन्,’ । यही कारण पनि विश्वमा इण्टरनेट अट्याक बढ्दै गएको उनको बुझाइ छ । अर्कोतर्फ शीतयुद्ध, धर्म तथा व्यावसायिक पूर्वाग्रहका कारण पनि आयाकरहरूले इण्टरनेट अट्याक गर्ने पाइएको छ । 

एण्टी इस्प्याम ई–मेलको बिगबिगी

तपाईं याहू, जिमेल, म्यासेञ्जर अथवा यस्तै अन्य कुनै ई–मेल एडे«स प्रयोग गर्नुहुन्छ भने एउटा कुरामा ध्यान दिनुपर्छ । अथवा, तपाईंले पनि अनुभव गरेको हुनुपर्छ । तपाईंको ई–मेल बक्समा गलत ई–मेल एडे«स प्रयोग गरिएको ई–मेल प्राप्त हुन सक्छ । त्यस्तो ई–मेल ओपन गर्दा केवल लिङ्क मात्र देखाइएको हुन सक्छ, अथवा खाली हुन सक्छ । यस्तोलाई एण्टी इस्प्याम ई–मेल भनिन्छ । इस्प्याम ई–मेल आयाकरहरू सहजै प्रयोगकर्तासम्म पुग्ने माध्यम पनि हुन् । अहिले आयाकरहरू विश्वव्यापी रूपमै यस्ता ई–मेल प्रवाह गर्ने काममा लागिपरेका छन् । एण्टी इस्प्याम ई–मेलमार्फत ⋲याकरहरू स्प्याम ई–मेलसम्म पहुँच राख्छन् । इस्प्याम ई–मेलको यसरी बिगबिगी बढ्दै जाँदा इण्टरनेटको गति कम हुने सुबिसु केबल नेटका प्रमुख कार्यकारी अधिकृत सुधीर पराजुली बताउँछन् । 

ब्याण्डविथको असर

इण्टनेटर प्रवाह गर्ने क्रममा ब्याण्डविथलाई एउटा सडकका रूपमा लिने गरिन्छ । जसरी एउटा सानो सडकमा धेरै गाडीहरू गुड्दा त्यहाँ ट्राफिक जाम हुने समस्या आउँछ । त्यसरी नै ब्याण्डविथको क्षमताभन्दा बढी डाटाको प्रयोग हुँदा पनि इण्टरनेट स्लो हुन जान्छ । अर्कोतर्फ, ब्याण्डविथमार्फत इण्टरनेट स्लो हुने स्वाभाविक नियम छ । पर्याप्त ब्याण्डविथभन्दा कम प्रवाह भएमा इण्टरनेट स्लो हुने कम्प्युटर एशोसिएशन अफ नेपालका अध्यक्ष विनोद ढकाल बताउँछन् । 

क्षमताभन्दा बढी प्रयोगकर्ता

नेपालका इण्टरनेट प्रयोगकर्ताले प्रायः एउटा समस्या भोगिरहेका हुन्छन् । इण्टरनेटको निर्धारित ब्याण्डविथभन्दा कम गति । यसले प्रयोगकर्तालाई निकै हैरान बनाएको पनि छ । यसको मुख्य कारण ब्याण्डविथ क्षमताभन्दा धेरै प्रयोगकर्तामा इण्टरनेट विस्तार गरिनु हो । विश्वव्यापी रूपमै ब्याण्डविथ क्षमताभन्दा बढी प्रयोगकर्ता हुन थालेको अध्ययनले देखाउँछन् । ब्याण्डविथको क्षमताभन्दा धेरै जनामा इण्टरनेट वितरण गरिँदा पनि यसले बारम्बार समस्या पार्ने निर्देशक खनालको भनाइ छ । 

सफ्टवेयर र एप्लिकेशन्सको अनावश्यक डाउनलोड

विश्वव्यापी इण्टरनेट विस्तार हुँदै जाँदा अहिले मोबाइल, ल्यापटप, ट्याब्लेट तथा डेस्कटपबाटै सफ्टवेयर र एप्लिकेशन्स डाउनलोड गर्ने प्रचलन बढेको छ । दैनिक नयाँ भित्रिएका एप्लिकेशन्स र सफ्टवेयरलाई जोकोही पनि डाउनलोड गर्न चाहन्छन् । तर, यही प्रवृत्ति बढ्दै जाँदा नेटवर्कको पनि जाम हुने खनालले जानकारी दिए । ‘अहिले सफ्टवेयरको अत्यधिक डाउनलोड पनि इण्टरनेट स्लो हुने एउटा कारण बनेको छ,’ उनी भन्छन् । 

फाइबरमा समस्या 

इण्टरनेट विस्तारको क्रममा फाइबर प्रविधिलाई सबैभन्दा राम्रो माध्यम मान्ने गरिन्छ । वायरलेसको तुलनामा फिक्ष्ड (निश्चित) डाटाबराबरको इण्टरनेट प्रयोग गर्न पाइने भएकाले पनि फाइबरको आकर्षण बढी छ । तर, सबै क्षेत्रमा फाइबरको प्रयोग भने अझै हुन सकेको छैन । विकसित देशमा फाइबर बिछ्याउँदा ठूलो क्षेत्रलाई आधार मानिएको हुन्छ । यसरी धेरै क्षेत्रमा फाइबर विस्तार गरिँदा बीचबीचमा यो काटिने तथा चुँडिने समस्या आइरहन्छ । यसले पनि धेरै जनसङ्ख्यालाई असर गर्छ । समग्रमा यसको परिणाम इण्टरनेट स्लो हुन पुग्छ । 

नेपालमा स्लो हुदा विश्वमा के असर पर्छ ? 

ह्याकरहरूले कुनै क्षेत्रमा इण्टरनेट अट्याक गर्नुपरेमा त्यसको प्रभावलाई समेत मूल्याङ्कन गर्छन् । नेपाल अझै पनि इण्टरनेटको क्षेत्रमा विश्वव्यापी प्रभाव पार्न सक्ने अवस्थामा पुगिसकेको छैन । यसले पनि विश्वव्यापी इण्टरनेट स्लो हुनुमा नेपालको खासै प्रभाव हुँदैन । तर, भारत र चीनजस्ता अत्यधिक इण्टरनेट प्रयोगकर्ता भएका देशको बीचमा नेपाल रहेको हुँदा यसको प्रभाव पनि हुन सक्ने विज्ञहरूको तर्क छ । खासगरी नेपाललाई ट्राञ्जिटको रूपमा प्रयोग गरी इण्टरनेट प्रवाह गरिएको अवस्थामा त्यसको असर ठूलो क्षेत्रसम्म हुन सक्ने उनीहरूको भनाइ छ ।        

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।