विश्वकप रोचक तथ्य

Share News
  • रूसमा चलिरहेको समेत गरेर विश्वकप २१ पटक १७ विभिन्न देशमा आयोजना भएको छ ।
  • अहिलेसम्म सबै विश्वकप या त दक्षिण अमेरिका अथवा यूरोपेली देशले जितेका छन् । यूरोपले ११ पटक उपाधि चुम्दा दक्षिण अमेरिकाले ९ पटक जितेको छ ।
  • आइसल्याण्ड जनसङ्ख्याका आधारमा विश्वकपमा भिड्ने सबैभन्दा सानो देश हो । त्यहाँको जनसङ्ख्या ३ लाख ३४ हजारमात्र छ ।
  • अहिलेसम्म विश्वकप जिताउने हरेक कोच विजेता देशकै नागरिक हुन् ।
  • विश्वकपमा सर्वाधिक गोलरहित बराबरी खेल्ने देश बेलायत हो । उसले विश्वकपमा खेलेका ६२ खेलमध्ये ११ खेल गोलरहित बराबरी खेलेको छ ।
  • विगत ३ विश्वकपमा सर्वाधिक गोल गर्ने टोली जर्मनी हो । यसले २००६ मा १४, २०१० मा १६ र २०१४ मा १८ गोल गरेको थियो ।
  • एउटै विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी जर्मन फूटबलर गेर्ड मुलर हुन् । १९७० को विश्वकपमा मुलरले १० गोल गरेका थिए ।
  • उरुग्वेका ओस्कार वाशिङ्टन तबारेजको यो चौथो विश्वकप हो । विश्वकपमा सबैभन्दा धेरै सहभागी हुने उनी पहिलो कोच हुन् ।
  • बेलायतको यो १५औं विश्वकप हो । यसपटक समेत गरी बेलायती टोलीको यो लगातार छैटौं सहभागिता हो । विश्वकपमा आफूले खेलेका २४ खेल (यसपटकको बाहेक)मा स्वीडेनले तीन खेलमा मात्रै क्लिनशिट राख्न सफल भएको छ ।
  • स्वीट्जरल्याण्डले पछिल्लो समय १९५४ मा विश्वकप क्वार्टरफाइनल खेलेको थियो । त्यतिबेला ऊ आफै विश्वकप आयोजक थियो । त्यसयता यो टोली दोस्रो राउण्डमा पुग्न सकेको छैन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।