समूह ‘जी’अन्तर्गत समान ६ अङ्कसहित शीर्ष दुईमा रहेका इङल्याण्ड र बेल्जियमका लागि आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ । लगातार दुई खेल जितेर प्रि–क्वार्टरफाइनलमा स्थान बनाइसकेका दुवै टीम समूहविजेता बन्ने होडमा छन् । दुवै टीमलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । यसअघि यी दुईले कुल ३० ओटा अन्तरराष्ट्रिय खेल आपसमा खेलेका छन् । फिफा विश्वकपमा भने यो तेस्रो भेट हो । यसअघि सन् १९५४ को विश्वकपमा यी दुईले ४–४ को बराबरी खेलेका थिए भने सन् १९९० को विश्वकपमा इङल्याण्ड १–० ले विजयी भएको थियो । यसअघिका ३० खेलमध्ये इङल्याण्डले २१ ओटा खेल जितेको छ भने बेल्जियमले चारपटकमात्र जितेको छ । पाँच खेल बराबरीमा सकिएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।