समूह ‘जी’अन्तर्गत पनामा र ट्युनिसियाले आज जारी विश्वकपका लागि अन्तिम खेल खेल्दै छन् । यसअघिका दुवै खेलमा पराजय बेहोरेका यी दुई टीम जारी प्रतियोगितामा सान्त्वना जित निकालेर घर फर्कन चाहन्छन् । पनामाका लागि विश्वकपमा यो पहिलो सहभागिता हो । समूह चरणका दुई खेलमा पनामाले जित हात पार्न सकेको छैन । आजको खेल जिते पनामाका लागि ऐतिहासिक जित हुनेछ । पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको पनामाले दोस्रो खेलमा इङल्याण्डसँग ६–१ को हार बेहोरेको छ । यसवर्ष पाँचौंपटक विश्वकपमा सहभागी भएको ट्युनिसियाले यसपटक पनि समूह चरण पार गर्न सकेन । यसअघिका चार प्रतियोगितामा ट्युनिसिया समूह चरणबाटै बाहिरिएको थियो । पनामा र ट्युनिसियाले यसअघि आपसमा कुनै पनि खेल खेलेका छैनन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।