पोल्याण्डलाई जिते जापान प्रि–क्वार्टरफाइनलमा

Share News
समूह ‘एच’अन्तर्गत आज जापान र पोल्याण्डबीच खेल हुँदै छ । जापानले पहिलो खेलमा कोलम्बियालाई २–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा सेनेगलसँग २–२ को बराबरी खेलेको थियो । चार अङ्कसहित जापान समूहको शीर्ष स्थानमा छ । पोल्याण्डलाई पराजित गरे जापान समूह विजेता बन्दै प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछ भने पोल्याण्डसँग पराजित भए समूह चरणबाटै घर फर्कने सम्भावना रहन्छ । यसअघिका दुवै खेलमा हार बेहोरेर अङ्कविहीन रहेको पोल्याण्ड प्रतियोगिताबाट बाहिरिइसकेको छ । यी दुई टीमबीच यसअघि भएका दुई अन्तरराष्ट्रिय खेलमा दुवैमा जापानले जितेको छ । सन् १९९६ मा काल्र्सबर्ग कपको सेमिफाइनलमा पोल्याण्ड जापानसँग ५–० ले पराजित भएको थियो भने सन् २००२ को अन्तरराष्ट्रिय मैत्री खेलमा पोल्याण्ड २–० ले हारेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।