रसियामा जारी विश्वकप फूटबलअन्तर्गत आजको पहिलो प्रि–क्वाटरफाइनलमा समूह ‘बी’को विजेता स्पेन र समूह ‘ए’को उपविजेता रसिया भिड्दै छन् । समूह चरणमा स्पेनले एकमा जित र दुई बराबरी खेलेको छ भने दुई खेल जितेको रसियाले एउटामा हार बेहोरेको छ । आयोजकसमेत रहेको रसिया चौथोपटक विश्वकपमा सहभागी भइरहँदा पहिलोपटक दोस्रो चरणको खेल खेलिरहेको छ भने स्पेन सन् २०१० को विश्वविजेता टीम हो । आफ्नै मैदानमा विश्वकपका खेल खेलिरहँदा रसियालाई घरेलु समर्थकको साथ रहनेछ । यद्यपि, स्पेनलाई पराजित गरेर क्वाटरफाइनल प्रवेश गर्नु रसियाका लागि ठूलो चुनौती हुनेछ ।
यसअघि यी दुईबीच भएका छ खेलमध्ये चार खेलमा जित निकालेको स्पेनलाई दुईपटक भने रसियाले बराबरीमा रोकेको छ । तर, विश्वकप फूटबलमा भने यी दुईको यो पहिलो भेट हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।