रसियामा जारी विश्वकप फूटबलअन्तर्गत आजको दोस्रो प्रि–क्वाटरफाइनलमा समूह ‘डी’का तीनओटै खेलमा जित निकालेर समूह विजेता बनेको क्रोएसिया र समूह ‘सी’का तीन खेलमा एउटा जित र दुईओटा बराबरी खेलेर समूह उपविजेता बनेको डेनमार्क भिड्दै छन् । दुवै टीमका लागि यो पाँचौं विश्वकप हो । क्रोएसिया सन् १९९८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो भने डेनमार्क सोही विश्वकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । डेनमार्क विश्वकपको क्वाटरफाइनलबाट माथि जान सकेको छैन ।
यसअघि यी दुईले पाँच खेल खेलेका छन् । जसमा दुवैले दुई–दुई खेल जितेका छन् भने एक खेल बराबरी खेलेका छन् । सन् १९९८ को विश्वकप छनोटका लागि सन् १९९७ मा यी दुईले दुई खेल खेलेका थिए । जसमा एउटामा डेनमार्कले क्रोएसियालाई ३–१ ले पराजित गरेको थियो भने अर्को खेल १–१ को बराबरीमा सकिएको थियो । पछिल्लोपटक सन् २००४ मा भएको अन्तरराष्ट्रिय मैत्री खेलमा क्रोएसियाले डेनमार्कलाई २–१ ले पराजित गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।