असार २०, काठमाडौं (अस) । रसियामा जारी फिफा विश्वकप फूटबलमा मङ्गलवार राति अन्तिम प्रि–क्वार्टरफाइनलका खेल सम्पनभएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ । शुक्रवारदेखि क्वार्टरफाइनलका खेल शुरु हुनेछन् ।
स्वीडेन २४ वर्षपछि र इङ्ल्याण्ड १२ वर्षपछि क्वार्टरफाइनलमा मङ्गलवारको पहिलो स्वीट्जरल्याण्डलाई १–० ले पराजित गर्दै स्वीडेन २४ वर्षपछि क्वार्टरफाइनल प्रवेश गरेको छ । खेलको ६६औँ मिनेटमा स्वीडेनका फोर्सबर्गले गरेको गोल नै निर्णायक बन्यो । स्वीडेनसँग हार बेहोरेको स्वीट्जरल्याण्ड भने प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ । सन् १९५४ पछि स्वीट्जरल्याण्ड दोस्रो चरणबाट माथि जान सकेको छैन ।
मङ्गलवारको दोस्रो खेलमा कोलम्बियालाई टाईब्रेकरमा ४–३ ले पराजित गर्दै इङ्ल्याण्ड क्वार्टरफाइनल पुग्ने अन्तिम टोली बनेको छ । खेलको ५७औँ मिनेटमा ह्यारी केनको गोलमार्फत इङ्ल्याण्डले अग्रता लिएको थियो । तर अतिरिक्त समयको तेस्रो मिनेटमा कोलम्बियाका ऐरि मिनाले गोल फर्काएपछि निर्धारित समय १–१ को बराबरीमा सकियो र खेल पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टीमा ४–३ ले विजयी हुँदै इङ्ल्याण्ड १२ वर्षपछि क्वार्टरफाइनल पुग्यो ।
क्वार्टरफाइनलको खेल तालिका

सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।