असार २०, काठमाडौं । रसियामा जारी विश्वकप फूटबलको सट्टेबाजी खेलाउने तीनजनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
परिसरको टोलीले काठमाडौं महानगरपालिका–१५ स्थित बज्र होटल नजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौं म्हैपीका २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई रू. ६ लाख ९९ हजार नगदसहित सोमवार पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुसँग नगद र चार थान मोबाइल बरामद गरेको छ ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले उनीहरुले विश्वकप फुटबलमा रकम बाजी राख्न लगाई खेल खेलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेका तीनैजनासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।