
काठमाडौं (अस) । मङ्गलवार खेलमा टाईब्रेकरको सहाराले कोलम्बियालाई ४–३ ले पराजित गर्दै बेलायतले क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।
उक्त जितलगत्तै बेलायत यसपटकको विश्वकप जित्छ भनेर विश्वास गरिएको दोस्रो बलियो टोलीमा उभिएको छ ।
अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले मङ्गलवार २१ जीएमटीसम्ममा बाजी राख्नेहरूको बाजीको हिसाब गर्दा यस्तो नतीजा निस्किएको हो । यसपटकको उपाधि जित्छ भनेर सर्वाधिक विश्वास गरिएको टोली भने ब्राजिल हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।