आजको दोस्रो क्वार्टरफाइनलमा ब्राजिल र बेल्जियम भिड्दै छन् । १६ वर्षपछि यी दुई टीम आमनेसामने हुँदै छन् । यसअघि सन् २००२ को विश्वकपअन्तर्गतको प्रिक्वार्टरफाइनलमा भिडेका यी दुईको भेट त्यसयता कुनै पनि प्रतियोगितामा भएको छैन । सन् २००२ को खेलमा ब्राजिल २–० ले जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो भने बेल्जियम दोस्रो चरणबाटै घर फर्किएको थियो । त्योभन्दा अघि खेलेका तीन अन्तरराष्ट्रिय मैत्री खेलमा ब्राजिल दुई र बेल्जियम एकपटक विजयी भएका थिए ।
रसिया विश्वकपको प्रिक्वार्टरफाइनलमा ब्राजिलले मेक्सिकोलाई २–० ले र बेल्जियमले जापानलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका हुन् । समूह चरणको शुरुआतमा खासै राम्रो प्रदर्शन गर्न नसकेको ब्राजिलले पछिल्ला दुई खेलमा सुधारिएको प्रदर्शन गरेको छ । बेल्जियमको खेल भने शुरुआतदेखि नै स्तरीय छ । हालसम्मका चार खेलमध्ये ब्राजिलले तीनओटामा जित र एउटा बराबरी खेलेको छ भने बेल्जियमले चारओटैमा जित निकालेको छ ।
आज ब्राजिलले १६औं पटक र बेल्जियमले दोस्रोपटक विश्वकपको क्वार्टरफाइनल खेल्दै छन् । आजको खेल बेल्जियमका लागि १६ वर्षअघिको बदला लिँदै ब्राजिललाई क्वार्टरफाइनलबाटै घर फर्काउने अवसर बन्न सक्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।