फ्रान्स जितको हकदार थियो : ताबरेज

Share News
फ्रान्सले उरुग्वेको विश्वकप सपना चकनाचुर पारेपछि टोली कोच ओस्कार ताबरेज निराश भएका छन् । तर, यसपटकको विश्वकप क्वार्टरफाइनलको खेल अहिलेसम्मको क्वार्टरफाइनलको दोस्रो उत्कृष्ट भएको ताबरेजले बताएका छन् । तर, फ्रान्स जितको हकदार भएको उनको भनाइ छ । ‘हामीले विरोधीले जत्तिकै राम्रो खेल्न सकेनौं, त्यसैले हार्‍यौं,’ शुक्रवारको हारपछि ताबरेजले भने । ‘केटाहरूले सक्दो गरेका थिए, तर खेलमाथि नियन्त्रण कायम गर्न फ्रान्स सफल भयो,’ ताबरेजले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।