असार २४, काठमाडौं । क्वार्टर-फाइनलमा फ्रान्सले उरुग्वेलाई हराउँछ भन्ने सुगाको भविष्यवाणी मिलेको छ । पेरिसको एक बोटानिकल गार्डनस्थित न्यूटन नामक सुगाले क्वार्टर फाइनलमा फ्रान्सले उरुग्वेलाई हराउँछ भन्ने भविष्यवाणी गरेको थियो ।
सुगाले आफ्नो चुच्चोले मिनि-सकर टेबलमा रहेको २ मध्ये एक गोलपोष्टमा सानो बल छिराएर उक्त भविष्वाणी गरेको थियो । सो भविष्यवाणी वैज्ञानिक नभएपनि मिलेको थियो । यस अघि पनि विभिन्न विश्वकपमा कहिले बिरालो, कहिले हिप्पो त कहिले अक्टोपसले आफ्नो भविष्यवाणी मिलाइसकेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।