नेपाल एसबिआई बैंकको स्थापना र सञ्चालनका प्रमुख परिघटना

Share News
एमओयूमा हस्ताक्षर सन् १९९२ को जुलाई १७ मा स्टेट बैङ्क अफ इण्डिया (एसबीआई), कर्मचारी सञ्चय कोष (ईपीएफ) र कृषि विकास बैङ्क लिमिटेड (एडीएबएल)बीच एक सम्झौता (एमोयू)मा हस्ताक्षर भएको थियो । ज्वाइण्ट भेञ्चर सम्झौता सन् १९९२ को डिसेम्बर २७ तारिखमा स्टेट बैङ्क अफ इण्डिया (एसबीआई), कर्मचारी सञ्चय कोष (ईपीएफ) र कृषि विकास बैङ्क लिमिटेड (एडीएबएल)बीच ज्वाइण्ट भेञ्चरसम्बन्धी सम्झौता भएको थियो । स्थापना सन् १९९३ को अप्रिल २८ मा कम्पनी ऐन २०२१ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीका रूपमा एनएसबिएलको स्थापना भएको हो । एनएसबिएल र एसबीआईबीको टीएसए सन् १९९३ को मे २५ का दिन एनएसबिएल र एसबीआईबीच प्राविधिक सेवा सम्झौता (टीएसए) भएको थियो । एनआरबीबाट लाइसेन्स सन् १९९३ को जुलाइ ६ मा एनएसबिएलले नेपाल राष्ट्र बैङ्क (एनआरबी)बाट वाणिज्य बैङ्क ऐन २०३१ अन्तर्गत सञ्चालन गर्ने लाइसेन्स प्राप्त गरेको हो । एनएसबिएलको उद्घाटन सन् १९९३ को जुलाई ७ मा दरबारमार्र्गस्थित बैङ्कको शुरुआती कार्यालयमा बैङ्कको औपचारिक उद्घाटन समारोह सम्पन्न भएको थियो ।व्यावसायिक शुरुआत काठमाडौंको दरबारमार्गमा रहेको कार्यालयबाट सन् १९९३ जुलाई ७ बाट बैङ्कले व्यावसायिक शुरुआत गरेको हो ।प्रारम्भिक सामान्य बैठक बैङ्कले २०२१ कम्पनी ऐनअन्तर्गत रहेर सन् १९९३ को डिसेम्बर २८ मा प्रारम्भिक सामान्य मिटिङको आयोजना गरेको थियो । सो बैठकमा अडिटर नियुक्त गर्ने र कम्पनी निर्देशकहरूको तलब पनि निर्धारण गर्ने निर्णय गरिएको थियो । सो अवधिमा एनआरबीका प्रतिनिधिको पनि उपस्थिति थियो ।एनएसबिएल शेयर जारी, एलोटमेण्ट र सूचीकृत सन् १९९४ को जनवरी २५ मा सर्वसाधारणका लागि एनएसबिएलको शेयर जारी गरिएको थियो । यसमा ९३ हजार ४४ ओटा आवेदन प्राप्त भएको थियो भने सन् १९९४ को जुन २३ मा २० हजार ६५४ जना आवेदकलाई ३ लाख ४९ २ सयओटा शेयर बाँडफाँट गरिएको थियो । सन् १९९५ को जनवरी २५ मा एनएसबिएलले पहिलोपटक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार शुरू गरेको थियो ।एनएसबिएलबारे केही तथ्य
  • सन् १९९३ को मे २५ मा बैङ्क सञ्चालन समितिका सदस्यहरूको पहिलो बैठक सञ्चालन गरिएको थियो ।
  • नारायणराज तिवारी एनएसबीएसको सञ्चालन समितिको पहिलो निर्देशक हुन् ।
  • एबी चक्रवर्ती बैङ्कको पहिलो प्रबन्ध निर्देशक हुन् ।
  • सन् १९९५ को मार्च २४ मा बैङ्कको पहिलो वार्षिक साधारणसभाको आयोजना भएको थियो ।
  • सन् १९९३ को जुलाई ७ मा दरबारमार्गमा बैङ्कको पहिलो शाखा खुलेको हो ।
  • बैङ्कको पहिलो एटीएम न्यूरोडमा सञ्चालन भएको हो ।
  • बैङ्कको पहिलो अडिटर रत्नराज वज्राचार्य हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।